सर्लाही । सर्लाहीको हरिवन नगरपालिकास्थित मनकामना सहकारी संस्थामा आगलागी भएको छ । नगरपालिकाको बजार क्षेत्र अर्थात् ११ नम्बर वडामा रहेको उक्त सहकारीमा आज बिहान आगो लागेको थियो ।
अहिले भने आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगो निभाउन हरिवन नगरपालिकाको दमकल प्रयोग गरिएको थियो । आगलागी नियन्त्रणमा लिन स्थानीय र प्रहरी लागि परेका थिए ।






