सर्लाही । सर्लाहीको बसबरीया गाउँपालिका ३ बंगलवामा आगलागी हुदाँ ६ घर जलेर नष्ट भएको छ । आगलागीबाट ५ घरमा आंशिक क्षति पुगेको छ ।
आगलगीमा परी विन्देश्वर माझी, नरेश राय, नारायण माझी, रामविश्वास माझी, दिनेश माझी र जोकु माझिको फुसको घर जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
रामविश्वास माझीको घरबाट आगो सल्केको बताइएको छ । रामविश्वासको घरमा राखेको ग्याँस सिलिण्डर पड्किदाँ आसपासको घरमा आगो फैलिएको हो । आगलागीबाट भएको क्षतिका विषयमा विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
आगोलाई मलंगवा नगरपालिका र हरिवन नगरपालिकाबाट पुगेको बारुण यन्त्रले नियन्त्रणमा लिएको छ । गर्मी बढेसँगै तराई मधेसमा आगलागीको जोखिम बढेको छ ।






