महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका ८ स्थित एक उद्योगमा गएराति आगलागी भएको छ । मटिहानी बजारमा सञ्चालित दुःखमोचन ठाकुरको भरत फर्निचर उद्योगमा आगलागी भएको हो ।
सोमबार राति १० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । आगलागीबाट फर्निचर र उद्योगका कच्चा पदार्थ क्षति भएको छ ।
आगो मटिहानी नगरपालिकाको वारुण यन्त्र, स्थानीय बासिन्दा, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सहयोगमा निभाइएको छ । कसरी आगलागी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






