सर्लाही । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ३ स्थित एक घरमा मंगलबार राति आगलागी भएको छ । वडा नम्बर ३ डाबरीस्थित गजेन्द्र चौधरीको घरमा आगलागी भएको हो ।
राति ८ बजे लामखुट्टे धपाउन गोठमा बालिएको घुरबाट घरमा आगो सल्किएको हुन सक्ने अनुमान गरिएको छ । राति ८ बजे लागेको आगो एक घण्टापछि नियन्त्रणमा लिइएको थियो ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ । आगलागीबाट मानवीय क्षति भने नभएको जनाइएको छ ।






