पोखरा । पोखराको हेम्जामा बस दुर्घटना भएको छ । बिहिबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट म्याग्दीको दरबाङ जाँदै गरेको ग २ ख १६३० नम्बरको बस सुईखेतमा दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।






