काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकका यी ६ जिल्लामा कोरोना भाइरस संक्रमित देखिएनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को तेह्रथुम र भोजपुर जिल्लामा कसैलाई पनि कोरोना संक्रमण नभएको मन्त्रालयको विवरणमा उल्लेख छ ।
प्रदेश २, बागमती प्रदेश र लुम्बीनी प्रदेशका सबै जिल्लामा संक्रमण देखिएको छ । प्रयोगशाला परीक्षणका क्रममा गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा पछिल्लो २४ घण्टामा कसैलाई पनि कोरोना संक्रमण नभएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै कर्णाली प्रदेशको डोल्पा र सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा पनि कोरोना संक्रमित देखिएनन् । यस्तै ४७ जिल्लामा पाँच सयभन्दा बढी र १३ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।






