बारा । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा परबानीपुर गाउँपालिका ४ चैनपुर बिर्ता टोल बस्ने २१ वर्षीय बली साह सोनार र सोही स्थानका २५ वर्षिय रामनिवाश राउत भेडियर रहेका छन् ।
उनीहरुले आफ्नै टोलबाट ना ६५ प ६६५६ नम्बरको मोटरसाईकल चोरी गरी भागेका थिए । दुबै जनालाई चोरी मुद्दामा अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अनुसन्धानको क्रममा सोही गाउँपालिका ५ गण्डक नहर स्थित हुलाकी राजमार्ग सडक खण्डमा चोरी भएको मोटरसाईकलसहित दुबै जनालाई फेला पारी पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।




