धनुषा । जनकपुर उपमहानगरपालिका १४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित एक युवक पक्राउ परेका छन् । करिव ४८ ग्राम ४६ मिलिग्रामसहित महोत्तरी लोहारपट्टी नगरपालिका ५ डढोरा टोल बस्ने २५ वर्षीय दिलिप कुमार दासलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो जनकपुर र वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । उनले प्रयोग गरेको म.प्र. ०३-००५ प ९८९५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।






