काठमाडौं । के तपाई आफ्नो लेखलाई घर बसीबसी कमाउने माध्यम बनाउन चाहनुहुन्छ ? त्यो पनि लाखौंमा ! त्यसो भए आजैबाट लेख्न थाल्नुहोस् । अनलाइनका माध्यमबाट तपाईं आफ्नो लेखलाई नगदमा परिणत गर्न सक्नुहुन्छ ।
इन्टरनेटको पहुँच, फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालले पाठकसम्म लेख पुग्ने सहजता तथा गुगल एडसेन्स लगायतका विज्ञापनदातासँग सहजै जोडिन सकिने कारणले लेखबाट घर बसीबसी सजिलै कमाउन सकिने भएको हो ।
ब्लग के हो ?
वास्तवमा कागज पानामा अनलाइन लेख्ने डायरी एउटा ब्लग हो, जसमा हाम्रो समाजका गतिविधिहरू र विचारहरू व्यक्त हुन्छन् । जुन इन्टरनेटमा विश्वका विभिन्न भागहरूमा पुग्दछ, जहाँ सल्लाह र प्रतिक्रिया विश्वका सबै ठाउँबाट साझा गर्न सकिन्छ ।
अहिले सबै चीज परिवर्तन हुँदैछ, समयको चक्र परिवर्तनशिल छ । इन्टरनेटमा पनि यही लागू हुन्छ । प्रारम्भिक पश्चिमी देशहरूमा बढ्दो परिष्कृत इन्टरनेट टेक्नोलोजी र द्रुत अनलाइन व्यापारका कारण व्यवसाय प्रबर्द्धनका लागि विभिन्न वेबसाइट र ब्लगहरू सिर्जना गरिएका छन् । विभिन्न अनलाइन विज्ञापन एजेन्सीहरू र अनलाइन रोजगार एजेन्सीहरूको स्थापना भएको छ ।
ब्लग कसरी बनाउने ?
यसका लागि सुरुमा गुगलको ब्लगर, वर्ड प्रेस जस्ता नि:शुल्क साइटमा अकाउन्ट बनाउनुपर्छ । ब्लग बनाउन सजिलो छ । त्यसपछि त्यहाँ आफ्नो चाहना अनुसारको ब्लग डिजाइन गर्नुपर्छ र लेख्न थाल्नुपर्छ ।
कमाउनका निम्ति आफूले धेरै भन्दा धेरै पाठक भने तान्न सक्नुपर्छ । किनभने जति धेरै पाठकले आफ्नो लेख पढ्छन् उति नै पटक आफ्नो ब्लगमा आएको विज्ञापन हेर्छन् र आफूले उत्तिकै धेरै कमाउन सकिन्छ । त्यसैले पाठकले रुचाउने लेख लेख्नेतर्फ ध्यान दिनुपर्छ ।
भाषा
सकेसम्म अन्तर्राष्ट्रिय रूपमा प्रचलित भाषा प्रयोग गर्नुपर्छ । गुगलको एडसेन्स तथा माइक्रोसफ्ट अनि याहुले सञ्चालन गरेका एड नेटवर्कहरूले भने नेपाली भाषालाई सपोर्ट नगर्ने हुँदा कमाउन सकिन्न जसका लागि ताबूला, एडकिपर लगायतको प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैले सकेसम्म अंग्रेजी वा अरू कुनै प्रचलित भाषा प्रयोग गरेर आम्दानी बढाउन सकिन्छ ।
पैसा कसरी कमाउन सकिन्छ त ?
तपाईंले अब ब्लग कुन भाषामा लेख्नु भएको छ त्यसमा भरपर्छ । यदि तपाईंले अङ्ग्रेजी भाषामा लेख्नु भएको छ भने एड्सेन्स तपाईंलाई राम्रो विकल्प हुन सक्छ ।
पैसा कमाउनको लागि तपाईंले आफ्नो ब्लगमा ३० भन्दा धेरै लेख तयार गर्नुहोस् र एडसेन्स अप्लाई गर्नुहोस् । तपाईंको लेख अन्य साइटबाट कपी भएको हुनु हुँदैन । विस्तृत जानकारी चाहिएमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ ।




