वीरगंज । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकामा १ भलुवहिया टोलमा आज दिउँसो आगलागी भएको छ । भलुवहिया टोलसँग सिमा जोडिएको भारतीय जिल्लाको बसनपुरस्थित गँहु खेतमा लगाइएको आगोको झिल्का उछिट्टिएर भलुवहयिा टोलस्थित एक घरमा सल्केको प्रहरीले जनाएको छ ।
भलुवहिया टोलमा लागेको आगलागीबाट कुखुरा फर्म र केहि घरहरू पूर्णरूपले जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षति बारे विवरण आइनसकेको मिर्जापुर प्रहरी चौकीले जनाएको छ । प्रहरीका अनुसार अहिले प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोग आगो नियन्त्रणमा लिइएको छ ।






