सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिका १ शिवनगरमा सोमबार आगलागी हुँदा ३ वटा पसल जलेर नष्ट भएका छन् । त्यस्तै, एक निर्माणाधीन भवनमा पनि क्षति पुगेको छ ।
स्थानीय विन्देश्वर साहको निर्माणाधीन घरबाट सल्केको आगोबाट साहकै औषधि पसल पूर्णरुपमा जलेर खरानी भएको हो । साहको निर्माणाधीन पक्की घरको दोस्रो तल्लाको छत ढलान भएको थियो ।
ढलान गर्नका लागि पूजा गर्नका लागि बालिएको अगरबती सल्केर सटररिङ्ग गरेको काठमा पुग्दा आगलागी भएको स्थानीयले बताएका छन् । पूजा गरेर ढलान गर्ने कामदारहरू खाना गएको बेला आगो लागेकाले कसैलाई थाहा नभएको बताइएको छ ।
आगो स्थानीयबासी, प्रहरी र हरिवन नगरपालिकाबाट आएको वारुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।






