मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता राजनैतिक र सामाजिक प्रतिष्ठा कमाउन सकिएला । शेयर बजारबाट राम्रै लाभ लिनसकिने छ । शुभ र नयाँ कार्यको योजना बन्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता शुभकार्यको चर्चा चल्नेछ । धर्म कर्म तथा समाज सेवामा मन लाग्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । प्रेम जीवन सबल र सफल रहनेछ । व्यापारमा वृद्धि हुनुका साथै कार्य लाभका योग पनि देखिन्छन् ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता कीर्तिमानी काम गर्ने समय छ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । साताको अन्त्यमा कार्य सम्पादनमा समस्या आउला । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । निर्णय कार्यान्वयन हुन सक्दैनन् ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन् । छलफल र समारोहमा सरिक भइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शुभकार्यको चर्चा पनि चल्नेछ । साताको अन्त्यमा भने काम बिगार्नेको सक्रियता पनि रहने देखिन्छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता कुनै न कुनै कुराले मनमा शान्ति छाउला । चिताएको कामले तीव्रता लिनेछ । अतिथिको रूपमा सत्कार पाइएला । साथीभाइबाट सहयोग प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता जोश जाँगर र हिम्मत बढ्नेछ । धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । नयाँ काम वा रोजगार पाइनेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । शेयर बजारबाट पनि फाइदा हुने योग छ । स्वास्थ्यमा समस्या आउन सक्छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो सातामा पारिवारिक सद्भाव बढ्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । साता नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । प्रेममा सफलता प्राप्त हुनुका साथै नयाँ कार्य प्राप्तिका योग पनि देखिन्छन् ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता मनमा चञ्चलता बढ्नेछ । स्वास्थ्यमा समस्या आउन सक्ने र चोट पटकको भय पनि छ, सचेत रहनुपर्ला । मङ्गलवारबाट आर्थिक उन्नति हुनुका साथै आय आर्जनका स्राते पनि बढ्नेछन् । श्री: वृद्धिका साथै कार्यप्राप्तिको योग पनि देखिन्छ । धार्मिक कार्यमा मन पनि लाग्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो हप्तामा शुभकार्यको चर्चा चल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । कला साहित्यका क्षेत्रमा विशेष लगाव रहनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ, तर स्वास्थ्य मापदण्ड पूरा गर्नु पर्छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता पारिवारिक साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । शेयर बजार, साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा र नयाँ पदीय जिम्मेवारी पाइएला । मध्य सातामा प्रेममा मनमुटाव रहला । महत्वपूर्ण कार्यमा व्यवधान आउन सक्छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो हप्ता नयाँ कार्यको योजना बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । स्वादिष्ट भोजनको अवसर पनि पाइनेछ, तर स्वास्थ्य प्रति खर्च बढ्न सक्छ । मध्य सातामा व्यर्थको सास्ति खेप्नु पर्नेछ । चुनौतीको सामना गरि गलत निर्णय लिनपुगिएला, सचेत रहनुहोला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको सुरुका दिनमा बन्न लागेको काम अन्तिममा विग्रिने र झमेला आउन सक्छ र केही अफ्ठ्यारा परिस्थितिको सामना गर्नु परेपनि यो सातामा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । विद्या र बुद्धिको विकास हुनेछ, तर स्वास्थ्य प्रति सचेत हुनुपर्छ । (अधिक जानकारीका लागि 977-9849559502)






