रौतहट । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आलमलाई बिहिबार रौतहट जिल्ला अदालतले जन्मकैद (२० वर्ष) को फैसला गरेको हो ।
न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले उनलाई विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा दोषी ठहर गरेको हो ।




