काठमाडौं । कुनै समय निजामती सेवाको छुट्टै सान र सम्मान थियो । अहिले कर्मचारी र भ्रष्टाचार एक अर्काको पर्याय बन्न पुगेको छ । अहिले कार्यालयमै यौनजन्य गतिविधि गर्ने कर्मचारीको संख्या समेत बढ्न थालेको छ । यस्तै बदमासीमा डामिएका छन् अर्का उपसचिव रुपेशकुमार साह ।
५ वर्षदेखि उनी मुख्यमन्त्री कार्यालयमा निमित्त प्रमुख सचिव, प्रवक्ता र सूचना अधिकारीका महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गर्दै आएका थिए । उनका लागि सरकारले क्वार्टर उपलव्ध गराएको थियो ।
सोही क्वार्टर नजिकै डेरा गरेर बस्ने साथीको श्रीमतीलाई जर्वजस्ती करणी गरेको आरोप साहमाथि लागेको छ । गत फागुन १८ गते आफ्नो सहकर्मी गाँउ गएको मौका पारेर उनले साथीको श्रीमतीलाई जर्वजस्ती करणी गरेको उजुरी प्रहरीमा दर्ता भएको छ ।
जनकपुर ९ स्थित सरकारी निवासमा मुख्यमन्त्री कार्यालयमै कार्यरत एक कर्मचारीको श्रीमतीलाई रातको समयमा नशालु पदार्थ खुवाएर जर्बजस्ती करणी गरेको भन्दै उपसचिव साहविरुद्ध उजुरी परेसँगै प्रहरीले साहविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।
यही करणी गरेको भिडियो बनाएर ब्याल्कमेल गर्दै पटक पटक ती महिलालाई बलात्कार गरेको र गर्भ बसेसँगै गर्भ पतन समेत गराइएको उजुरीमा आरोप छ । प्रहरीमा जबरजस्ती करणी मुद्दा दायर भएसँगै फरार भएका छन् ।




