जुम्ला । जुम्लाको पातारासि गाउँपालिका ३ छुममा सौतेनी आमाको हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पातारासि गाउँपालिका १ गडिगाउँ घर भएकी २६ वर्षीया हाँसु ऐडी २६ वर्षीया हाँसु ऐडीलाई प्रहरीले पक्राउ गरेको हो ।
शनिबार दिउँसो पक्राउ परेकी हाँसुले सौतेनी आमा ५६ वर्षीया सुवा महतराको हत्या गरेको आरोप छ । माईतिघर आएकी ऐडीले ढिकीको मुसलले हान्दा महताराको मृत्यु भएको हो ।
घटनाका विषयमा खबर प्राप्त हुना साथ अस्थायी प्रहरी पोष्ट तल्फि र प्रहरी चौकी डिल्लिचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






