रौतहट । रौतहटको यमुनामाई गाउँपालिका स्थित अचानक भएको आगलागीबाट गाई बस्तुको लागि सात जनाले स्टक गरिराखेको ठूलो परिमाणमा भुंस र पराल जलेर नष्ट भएको छ ।
यमुनामाई १ जेठरहिया गाउँका राम श्रेष्ठ, राउत कुर्मी, जमविर राउत, राम एकवाल सहनी, महेश राउत, ओम प्रकाश राउत, रमसेवक सहनी, रामपुकार सहनीले गाउँ छेउमै स्टक गरीराखेको भुंस र परालको कुन्युमा आईतवार अपरान्ह ४ बजे भएको आगलागीबाट जलेर नष्ट भएको हो ।
सशस्त्र प्रहरी सुरक्षा वेश क्याम्प भलोहियाबाट सई बहादुर राईको कमाण्डमा गएको पाँच जना, प्रहरी चौकी सुकदेव चोकबाट सई रविन्द्र मिश्राको कमाण्डमा गएको पाँच जना र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताए ।
आगलागीबाट भुंस र पराल जलेर १ लाख ५० हजार बराबरको क्षती भएको अनुमान गरिएको छ । तर, ठूलो परिमाणको भुंस र पराल जलेर नष्ट हुँदा पशु चौपायाको आहाराको लागि वर्षभरी कठिनाई हुने पीडितहरुले दु:खेसो पोखेका छन् ।






