रौतहट । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा पूर्व नदी पारी ट्रान्सफर चौक नजिक सरोज बैठा, नवल सहनी, दोरीक सहनीको घरमा आगलागी भएको छ । आगलागी हुँदा घरमा रहेको माल सामान जलेर नष्ट भएको छ ।
खाध्यान्न सामाग्रीसहित घरायसी सर समान लगायत लाखौं रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको छ । आगोलाई स्थानीयहरूले नियन्त्रण गरीरहेका छन् । यस सम्बन्धमा थप जानकारी आउन बाँकी रहेको छ ।






