मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
कामका विभिन्न अवसर फेला पर्ने छन् । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । रोकिएका अधुरा कामहरू पुन: प्रारम्भ हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । शेयर बजार र व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शुभकार्यको योग पनि छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो महिना सकारात्मक महिना रहेको छ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । शुभकार्यको चर्चा चल्ने छ र शुभकार्यको योग पनि छ । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । कला, गला र सांस्कृतिक क्षेत्रको समेत प्रभाव बढ्दै जानेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो महिनामा कुनै कुराले मन प्रसन्न र मनमा शान्ति छाउला । लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । राजनैतिक र समाजसेवा तर्फ आकर्षित भइनेछ । बुद्धिको प्रयोग गरेर मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउन सक्छ । वाहन लाभ हुने समय छ । २१ गतेबाट स्वास्थ्यमा समस्या आउन सक्छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आफूले गरेका कार्यमा ढिलासुस्ती हुनेछ । शेयर बजारमा नोक्सानी र अनावश्यक ठाउँमा धन खर्च होला । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । १५ गतेबाट लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । नयाँ र शुभ कार्यको चर्चा पनि चल्नेछ, तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सामाजिक क्षेत्रबाट मान सम्मान मिल्नेछ । मित्र जनको साथ सहयोग मिल्नुका साथै आम्दानीका स्रोत बढ्ने छन् । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ । मध्य महिनामा कार्य सम्पादनमा केही समस्या आउनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो महिनामा सामाजिक कार्यक्रममा विशेष रुचि रहनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । आकस्मिक धनसमेत हात पर्न सक्छ । शेयर बजारको कारोबार पनि राम्रै रहने देखिन्छ । महिनाको उत्तरार्धमा स्वास्थ्य र कार्य क्षेत्रमा सजग रहनु उचित हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । रोकिएका र चिताएको कामले तीव्रता लिने र रोकिएका अधुरा कामहरू पुन: प्रारम्भ हुने छ । महिनाको अन्त्यमा भने त्यति राम्रो देखिँदैन, अध्ययनमा त्यति ध्यान दिन नसकिएला । यात्रामा मालसामान हराउन पनि सक्छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो असार महिनामा कामको हेलचेक्र्याइँको कारणले उल्टो परिणाम दिन सक्छ । नगरेको कामको आरोप खेप्नुपर्नेछ । पढाइ लेखाइमा प्रगति गर्न नसकिने देखिन्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । आधा महिना पछि प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । धर्म कर्ममा रुचि बढ्ने र शुभकार्यको चर्चा चल्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
असार महिनामा सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै राजनीतिक क्षेत्रबाट पनि राम्रो सफलता हात पर्ने देखिन्छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो महिनामा आँटेको र ताकेको कार्य विस्तारै अघि बढ्ने र पुरा हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति योग छ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिन्छ । व्यापार व्यवसायमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
असार महिनामा तपाईंलाई आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । खर्च बढेपनि आम्दानी भन्दा बढी खर्च हुनेछैन । तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ । प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ । महिनाको अन्त्यमा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मीन राशिको लागि असार महिनामा प्राविधिक तथा टेक्निकलका क्षेत्रबाट बढी सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । धार्मिक, सांस्कृतिक, दान पुण्य जस्ता कार्यमा सहभागी भइनेछ । अध्ययनमा रुचि जाग्नुका साथै उल्लेख्य प्रगति हुनेछ । (अधिक जानकारीको लागि 977-9849559502)






