महोत्तरी । ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सितामढी ग्राम पुनौरा टोल वडा नम्बर ३ का सैयद अंसारीलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतीय नम्बर प्लेट ४३ एवी ५६६ नम्बरको सेतो रङको कारको पछाडी डिकीमा लुकाएर जलेश्वरतर्फ जादै गरेका सितामढी ग्राम पुनौरा टोल वडा नम्बर ३ का सैयद अंसारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चालक तीव्र गतिमा जलेश्वरतर्फ भाग्न खोजेपछि प्रहरीले उन्लाई झन्डै २० किलोमिटरसम्म पछ्याएको थियो । इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएका प्रहरी टोलिले चेकजाँच पश्चात नियन्त्रणमा नियन्त्रणमा लिएको हो ।
उक्त कारको पछाडिको डिक्कीमा २ पोका र चालक बस्ने सिटको पछाडी फ्लस बटन बनाई ८ पोका गरी जम्मा १० पोका गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी संतुलाल प्रसाद जैसवारले जानकारी दिए ।
पोकाहरू तौल गर्दा प्रत्येक पोकामा ५ किलोको दरले जम्मा ५० किलोग्राम गाँजा भेटिएको जैसवारको भनाइ छ । प्रहरीले कार बरामद गर्नुका साथै अंसारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
केहि दिन अगाडी पनि मटिहानीबाट जनकपुरतर्फ जाने क्रममा लागूऔषधसहित एक जना भारतीय नागरिक नै पक्राउ परेका थिए ।




