डडेल्धुरा । डडेल्धुरामा घरमा परेको चट्याङले तीन जना घाइते भएका छन् भने घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । सोमबार बेलुका परेको चट्याङले तीन जना घाइते भएका हुन् ।
अमरगढी नगरपालिका ३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी पाण्डेय, छोरा दिपेश पाण्डेय घाइते भएका हुन् । स्थानीयका अनुसार घाइते तीनै जनाको अवस्था सामान्य रहेको छ। तर, उनीहरूको घर भने पूर्ण रूपमा नष्ट भएको छ ।




