बझाङ । बझाङमा चट्याङ लागेर ४ जना घाइते भएका छन् । खप्तडछान्ना गाँउपालिका ७ गोर्खालीमा चट्याङ लागेर ४ जना घाइते भएका हुन् । एउटा घर जलेर नष्ट हुनुका साथै एउटा भैंसी पनि मरेको छ ।
मंगलबार साँझ ७ बजेको समयमा गोर्खालीको एक टोलमा चट्याङ परेको हो । चट्याङ लागेर फिट्टु खड्काको परिवार बेलु देवि खड्का, उनका ८ वर्षीया छोरा एकेन्द्र बहादुर खड्का घाइते भएका छन् ।
चट्याङकै कारण उनका छिमेकी लुड्कि देवि खड्का र दुदादेवि रावत पनि घाइते भएका छन् । घटना बारे थप विवरण आउन बाँकि रहेको प्रहरीको भनाइ छ ।




