काठमाडौं । के तपाई दैनिक एकनासको काम गरेर थकित हुनु भएर कतै घुम्न जाने सोचमा हुनुहुन्छ ? के तपाईले परिवार वा साथीभाइसँग कतै गएर रमाइलो गर्ने सोच बनाउनु भएको छ ? थोरै बजेट, छोटो समय र पर्याप्त रमाइलोका लागि कुनै रमणीय स्थानको खोजीमा हुनुहुन्छ भने ललितपुर गोदावरीको बाडेगाउँ स्थित प्याराडाइज हिल्स रिसोर्ट एउटा उपयुक्त विकल्प हुन सक्छ ।

न्यून तथा मध्यम बजेट क्षमता भएकादेखि लिएर एक्लै वा परिवार तथा साथीभाइसँग रमाइलो गर्न चाहने सबै प्रकारका ग्राहकलाई उपयुक्त हुने गरी स्थापित यो रिसोर्ट गोदावरीको श्वेत बाराही मन्दिरसँगै रहेको छ । शान्त तथा मनोरम वातावरणमा छुट्टीको समय बिताउन चाहने, साप्ताहिक बिदाकै समयमा पनि छोटो प्याकेजका साथ खुला वातावरणमा रमाउन चाहनेहरुका लागि उपयुक्त गन्तव्य हुन सक्छ ।

‘प्याराडाइज हिल्स’को विशेषता भनेको सफा, स्वच्छ र शान्त वातावरणमा मीठो खाना हो । दक्ष जनशक्तिद्वारा सञ्चालित रिसोर्टमा स्वदेशी ग्राहक आउने गरेका छन् । कतिपयले ठूलो रिसोर्ट महँगो हुन्छ भन्ने सोच राख्छन् । यहाँको सेवा सुविधा अनुसार मूल्य बढी नभएको तपाई महसुस गर्न सक्नु हुन्छ ।

रिसोर्टको मेनुमा केहि यस्ता परिकार समावेश छन्, जुन अन्यमा पाउन मुस्किल छ । अधिकांश खानाको ‘रेसिपी’ त्यहीँकै सेफले तयार पार्छन् । त्यहाँ पाइने खानाहरूको स्वाद र गुणस्तरले रिसोर्टलाई थप आकर्षक बनाएको छ ।

रिसोर्टमा प्रकृति एवम् आधुनिक समयको विलासिताको सुन्दर मिश्रण गरेको अनुभव गर्न सकिन्छ । रात्रिकालीन प्रहरमा रिसोर्ट निकै आकर्षक एवम् शान्त देखिन्छ । प्रकृतिलाई अँगाल्दै चम्किरहेको रिसोर्टमा रात्रिकालिन प्रहर बिताउन पनि निकै नै उपयुक्त हुन्छ ।

प्रेमिल जोडी होस् वा प्रेमिल परिवार तथा साथीहरूसँग शान्त वातावरणमा रात्रिकालीन प्रहरहरू बिताउन पाउँदा त्यहाँ बस्ने जो कोहीको मन लोभिन्छ । काठमाडौं नजिक लक्जरी स्टे गर्न चाहनेलाई रिसोर्ट उत्तम विकल्प हो । बाहिरबाट रिसोर्ट जति आकर्षक छ, रुम भित्र पुग्दा झन् आनन्दको महसुस गर्न सकिन्छ । यसका साथै रिसोर्ट डेस्टिनेसन वेडिङका लागि पनि एक उत्कृष्ट गन्तव्य हो ।





