पोखरा । पोखरामा रहेको एभरेस्ट बैंकमा तोडफोड भएको छ । कास्की प्रहरीका अनुसार राती अपरिचित व्यक्तिहरुले बैंकको सिसा फुटाएका हुन् । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अहिलेसम्म सिसा फुटाएको भन्ने छ । राती स्कुटरबाट आएर फुटाएको प्रारम्भिक बुझाई छ । कुन मनसायले यस्तो भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । सिसा फुटाए पनि लुटपाट चाहिँ भएको देखिएको छैन ।






