सल्यान । सल्यानको सिद्धकुमाख गाउँपालिका ४ सागिनेका ३१ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेका छन् । श्रीमतीको हत्यापछि रानाले आत्महत्या गरेका छन् ।
सुत्ने कोठामा श्रीमतीको हत्या गरी घरदेखि नजिकै रहेको रुखमा झुन्डिएर रानाले आत्महत्या गरेको सल्यान प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । राना दम्पतीका ४ छोराछोरी रहेको प्रहरीले जानकारी दिएको छ ।






