मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता सेवा गर्ने अवसर जुट्न सक्छ । नजिकैको मित्रसँग भेटघाट हुनेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । कृषि क्षेत्रबाट राम्रै लाभ हुनेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो हप्ता रोकिएका कार्यहरू पुन सञ्चालनमा आउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । कृषि कार्यमा सफलता हात लाग्नेछ । समाजमा प्रभाव बनाउन सकिनेछ । साताको अन्त्यमा आत्मघाती काम गर्न पुगिएला, सचेत हुनुपर्छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो हप्ता सुख दुःख बराबरी खालको समय छ । करियरको लागि मनमा दुबिधा र खुल्दुली उत्पन्न हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ मिल्नेछ । मध्य सातामा भने लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाइनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । नयाँ नौलो समाचार सुन्न पाइनेछ । शेयर बजारको क्षेत्र पनि फलदायी नै हुनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो सातामा घरमा नाताकुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । शुभ समाचार सुन्न पाइएला । राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ, तर स्वास्थ्य प्रति सचेत रहनु पर्छ । शेयर बजार पनि नोक्सानदायी रहला ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो सातामा नयाँ कार्यको योजना बन्नेछ । लामो समयदेखि रोकिएका अधुरा काम पुनः सुरु हुन सक्छ । आकस्मिक धन लाभ र महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । साताको अन्त्यमा अरूको वचन टाल्न नसक्दा दुःख पाइने र धन खर्च पनि हुनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको सुरुवातमा अल्ली बढी व्यस्त रहन पर्न सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । साताको उत्तरार्धबाट साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । नयाँ काम वा रोजगार पनि पाइन सक्छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो सातामा घर परिवारमा मनोरञ्जनपूर्ण वातावरण बन्नेछ । शुभकार्यको चर्चा चल्नेछ । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । अरुलाई प्रभावित पारेर अधुरा काम बन्नेछ । साहित्यिक क्षेत्रमा झुकाव हुनेछ, तर स्वास्थ्य प्रति चैं सचेत रहनै पर्छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो सातामा परोपकार तथा सहयोग आदिमा भूमिका निर्वाह गर्न पाइनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । प्राविधिक काममा बढी सफलता मिल्नेछ । साताको अन्त्यमा चोट पटकको सम्भावनाका साथै सामान हराउन सक्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ र नयाँ र शुभकार्यको अवसर पनि मिल्नेछ । मध्य सातामा मन खिन्न हुने र अनावश्यक ठाउँमा धन खर्च होला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको पूर्वार्द्धमा गरेका काममा ढिलासुस्ती हुनेछ । जिद्दीपनाले गर्दा सम्बन्ध बिग्रने डर छ । मानसिक चिन्ता पनि बढ्नेछ । साताको उत्तरार्ध बाट दैनिक कार्यमा प्रगति हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पनि पाइनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने छ । आफन्त र साथीभाइबाट सहयोग र हौसला प्राप्त हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ र रिसरागलाई नियन्त्रण गर्न पनि जरूरी छ । (अधिक जानकारीका लागि 977-9849559502)






