बागलुङ । बागलुङमा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बजारदेखि अर्नाकोट जाँदै गरेको ग २ च २३१४ नम्बरको जिप वडा नम्बर ५ को मस्तीमा आज साँझ ६ बजे आसपासमा दुर्घटनामा परेको हो ।
साँझको समयमा दुर्घटना हुँदा घाइतेको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । घाइतेको स्थानीय र प्रहरीले उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको प्रहरी निरीक्षक विकको भनाइ छ ।
घाइतेमध्ये अधिकांश महिला र बालबालिका रहेको उनले बताए । दिउँसोदेखि पानी परेको र साँघुरो सडकमा ब्याक गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको हुन सक्ने विकले बताए । घाइतेहरुलाई प्राथमिक स्वास्थ्य चौकीमा पठाइएको उनको भनाइ छ ।




