धनगढी । कैलालीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । सोमबार दिउँसो हावाहुरी, असिना पानी र चट्याङ पर्दा घोडाघोडी नगरपालिका ९ की १५ वर्षिया बालिका ममता बिकको मृत्यु भएको हो ।
कालिका माध्यामिक विद्यालयको कक्षा ८ मा अध्ययरत ममता स्थानिय पसलबाट नुन लिएर घर जादै गर्दा चट्याङ लागेको थियो ।




