वीरगञ्ज । प्रहरीले लागुऔषध खैरो हिरोइन र अफिमसहित वीरगञ्जका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौडा उपमहानगरपालिका ३ बस्ने २९ वर्षिय समुन्द्र साह र २४ वर्षिय अमिर बानियाँ छन् ।
वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गेटस्थित सडकखण्डमा प्रहरीले बा प्र ०३–०२ प ९४५० नम्बरको स्कुटीलाई चेकजाँच गरेको थियो । जाँचको क्रममा स्कुटीको सिटमुनी लुकाइ ल्याइएको लागुऔषध खैरो हिरोइन १५१ ग्राम र अफिम १५४ ग्राम बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए ।
लागुऔषध बरामद भएपछि दुबैजनालाई नियन्त्रणमा लिई उनीहरुविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान अघि बढाइएको थापाले बताए ।




