बाजुरा । बाजुरामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जगन्नाथ गाउँपालिका ३ बस्ने २८ वर्षीय मदन ढोलीलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
ढोलीले ती किशोरीलाई हिमाली गाउँपालिका ६ धिमस्थित पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी धुलाचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




