दार्चुला । दार्चुलाको लेकम गाउँपालिका ४ आोडीगाउँमा सर्पको टोकाईबाट एक किशोरीको मृत्यु भएको छ । लटिनाथ नमुना मावि चौपातामा कक्षा १० मा अध्ययनरत १६ वर्षीया किशोरीको मृत्यु भएको हो ।
दिउँसो खाना खाएर सुतिरहेको बेला सुनिता गिरीलाई घरभित्रै सर्पले टोकेको थियो । उनको बेलुकी ७ बजेतिर ज्यान गएको लटिनाथ आवि आोडिगाउँका शिक्षक सोवी गिरीले जानकारी दिए ।




