वीरगञ्ज । हावाहुरीले बिजुलीका पोल हुरीले ढालेपछि वीरगञ्ज र आसपास क्षेत्रमा ९ घण्टादेखि विद्युत् आपूर्ति बन्द भएको छ । बिजुली नहुँदा यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ ।
नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले बिहीबार बिहान १ बजे हुरीले ढालेका पोल उठाउने काम भइरहेको बताएका छन् ।
उनका अनुसार आज अपरान्हसम्म बिजुली आपूर्ति हुनेछ । वीरगञ्ज र आसपासका क्षेत्रमा ५६ हजार बिजुलीका ग्राहक रहेका छन् ।




