वीरगंज । वीरगंज महानगरपालिका ६ स्थित माहाविर मन्दिर पछाडि सोही महानगरपालिका १६ शान्ति टोल बस्ने विवेक अग्रवालको मंगल बुक स्टेशनरीमा विद्युत सर्ट भई बुधबार राति आगलागी भएको हो ।
आगलागीबाट स्टेसनरी र स्टेस्नरीका सर सामानहरू जलेर करिव ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






