सिरहा । सिरहा नगरपालिका १२ सारश्वरको कमलाबाधबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन् । कल्याणपुर नगरपालिका १० करुणयाही टोल बस्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
२२ वर्षीय शम्भु पासवानलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम र १९ वर्षीय अबि कुमार पासवानलाई अवैध लागूऔषध गाँजा ५ ग्राम १ सय ७० मिलिग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश २-०१-००२ प २३९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरी चौकी बेल्हाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






