बारा । जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिव ८० किलोग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका १० रिकाटार बस्ने २५ वर्षीय मान बहादुर वाईवा र मकवानपुर राक्सीराङ गाउँपालिका ५ बस्ने २६ वर्षीय सुमन स्याङताङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले मनहरीबाट पथलैयातर्फ जाँदै गरेको बा १० च ३६१९ नम्बरको कारलाई जाँच गर्ने क्रममा डिकिमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी कार चालक मान बहादुर र कारमा सवार सुमनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






