सिरहा । सिरहाको औरही गाउँपालिका १ दरहिया हनुमान चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ ग्राम ३ सय १० मिलिग्राम सहित गोलबजार नगरपालिका २ बस्ने २६ वर्षीय रूपेश कुमार साहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी हर्कट्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकललाई रोकी जाँच गर्न खोज्दा चालक मोटरसाइकल लिई फरार भए पश्चात मोटरसाइकलमा सवार साहलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
हाल फरार मोटरसाइकल र चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




