धनुषा । धनुषामा आफैले काटिरहेको रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका ६ का ४५ वर्षीय किसुनदेव मण्डल रहेका छन् ।
इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका अनुसार आज अपराह्नन ५ बजेतिर धनुषाको क्षिरेश्वर नगरपालिका ९ औरहामा भिक्सको रुख काट्ने क्रममा च्यापिएर मण्डल गम्भीर घाइते भएका थिए ।
उनको उपचारको क्रममा रमदैयाको जानकी मेडिकल शिक्षण अस्पतालमा मृत्यु भएको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




