बैतडी । आफ्नै श्रीमती ६० वर्षीया सुना ऐरीको कुटपिट गरी हत्या गरेको अभियोगमा पाटन नगरपालिका ४ चिलेपानी बस्ने ६५ वर्षीय प्रताप ऐरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रतापले घरायसी विवादको क्रममा कुटपिट गर्दा उनी गम्भीर घाइते भएकी थिइन् ।
सुनालाई बुधबार उपचारको लागि डडेल्धुरा अस्पताल लगिएकोमा उपचार पश्चात डिस्चार्ज भई अमरगढी नगरपालिका ५ तुफानडाँडास्थित होटलमा बसेकोमा अचानक बेहोश भई पुन: सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बैतडी समेतबाट खटिएको संयुक्त टोलीले प्रतापलाई पक्राउ गरेको हो ।




