सर्लाही । सर्लाहीको ईश्वरपुरमा शुक्रबार बिहान मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते हुनु भएका एक युवकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।
शुक्रबार बिहान साँढे ८ बजेतिर ईश्वरपुर नगरपालिका–७, धनपती डाँडामा बा ५० प ४४०२ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई विजुलीको पोलमा ठोक्किँदा हरिपुर नगरपालिका–८, ईन्द्रपुर बस्ने ३५ वर्षीय दानबहादुर श्रेष्ठ गम्भीर घाइते हुनु भएको प्रहरीले जनाएको छ ।
टाउको, हात र खुट्टामा चोट लागेर शक्त घाइते हुनुभएका श्रेष्ठलाई ईश्वरपुरस्थित अमृत हेल्थ केयर बयलवासमा प्राथमिक उपचार गरी लालबन्दी सिटी हेल्थ केयर लालबन्दी ल्याइएको थियो ।
उहाँलाई यहाँ पनि सामान्य उपचार गरी थप उपचारका सुक्रवार मध्यान्ह अल्टिटिउड हेलिकप्टरमार्फत शिक्षण अस्पताल महाराजगन्ज, काठमाण्डौं रेफर गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
घाइते श्रेष्ठलाई लालबन्दीस्थित डुमडुमे मन्दिर छेउमा पूर्व–पश्चिम राजमार्गमै हेलिकप्टर ल्याण्ड गरेर काठमाडौँ पठाइएको हो ।






