बारा । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अनिल साहलाई गृहनगर कलैया उपमहानगरपालिकाले सम्मान गरेको छ । उपमहानगरपालिकाले एक समारोह बिच उनलाई सम्मान गरेको हो । साहलाई उपमहानगरले एक लाख एक हजार रुपैयाँ प्रदान समेत गरेको छ ।
उपमहानगरपालिकाका मेयर विनोद साहले पुर्व घोषणा अनुसार टी २० विश्वकमपा नेपाली राष्ट्रीय टोलीमा सहभागी कलैयाका खेलाडी अनिल साहलाई १ लाख १ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
कलैयामा जारी नगरसभामा खेलाडी साहलाई मेयर साह र नगर खेलकुद विकास समितीका संयोजक महमद समिउल्लाहले संयुक्त रुपमा खाँदा ओढाएर कदरपत्रबाट सम्मानित गरेका थिए ।




