पोखरा । स्याङ्जामा पहिरोले घर पुर्दा आमाछोरीको मृत्यु भएको छ । फेदीखोला गाउँपालिका ५ बाँगेकी ३१ वर्षीय दुर्गा जिटी र ३ वर्षीय छोरी निकिसा जिटीको मृत्यु भएको हो ।
गएराति साढे ११ बजे घरमाथिबाट खसेको पहिरोमा परेर दुवैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ । पहिरोले घरसँगै गोठ पनि पूर्णरूपमा क्षति भएको छ । गोठमा रहेको भैंसी समेत मरेको छ ।






