सर्लाही । सर्लाहीको बागमतीमा सर्पले डस्दा ११ वर्षीय बालकको मृत्यु भएको छ । बागमती नगरपालिका ४ मा घरमै खेलिरहेको बेला राजेन्द्र तामाङका ११ वर्षीय छोरा रोजितलाई सर्पले डस्दा मृत्यु भएको हो ।
सर्पले डसेपछि तत्काल उपचारका लागि जिल्लाकै नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगिएपनि डाक्टरले मृत घोषणा गरेका थिए ।




