सप्तरी । सप्तरीको तिरहुत गाउँपालिका १ धनपुरी टोल बस्ने ५८ वर्षीय विन्देश्वर यादवको कच्ची घरमा गए राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिव ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
साथै आगलागीमा जलेर घाइते भएका विन्देश्वर यादव र उनकै श्रीमती ५० वर्षीया अन्जुला देवि यादवको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




