काठमाडौं । भारतको मेघालयमा ४ जना नेपालीको हत्या भएको छ । उनीहरूको क्रूर हत्या गरेको अवस्थामा प्रहरीले फेला पारेको हो । मेघालयको इस्ट जैन्तिया हिल्ल जिल्लाको उम्प्लेङ बजार नजिकै उनीहरूको शव फेला परेको हो ।
प्रहरीका अनुसार हत्या गरिएकामध्ये एक जना इलामका २३ वर्षीय रवि राई रहेका छन् । अन्यको पहिचान भने खुल्न नसकेको प्रहरी अधिकारी गिरी प्रसादले बताएका छन् । गिरीका अनुसार उनीहरूको हात बाँधिएर शरीरका विभिन्न स्थानमा धारिलो हतियार प्रहार गरिएको छ ।
उनीहरूको शवलाई पोस्टमार्टमका लागि शिभिल अस्पतालमा लगिएको छ । घटना बारे विस्तृत अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।




