रौतहट । रौतहटमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्लाको गरुडा नगरपालिका ५ महम्मदपुर निवासी ओजित राय यादवका छोरा २१ वर्षका अनिल यादवको शव फेला परेको छ ।
यस्तै रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । जिल्लाको ईशनाथ नगरपालिकामा छुरा प्रहार गरी अन्दाजी १८ वर्षीय सहबाज मिया आलमको हत्या गरिएको जिल्ला प्रहरी प्रवक्ता, डिएसपी एलिजा गिरीले बताइन् ।
हत्यामा संलग्न भएको आरोपमा रौतहट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बौधीमाई नगरपालिका १ बौधापतौरा घर भई हाल ईशनाथ ३ स्थित मामा घर बस्दै आएका १८ वर्षीय दशई साह र १९ वर्षीय रोशन साह रहेका छन् ।
यस्तै वृन्दावन नगरपालिका २ स्थित धनगढीमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिएर एक युवकको मृत्यु भएको छ । वृन्दावन नगरपालिकाका २० वर्षीय सरोज राउतको ट्याक्टर पल्टिएर मृत्यु भएको हो ।




