काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीकी पत्नी गीता भ्रष्टचारी ठहर भएकी छिन् । कैलालीको धनगढी उपमहानगरपालिका ९ स्थित शिव निम्न माध्यमिक विद्यालयकी राहत शिक्षिका गीताले भारतबाट १० कक्षा अध्ययन गरेको शैक्षिक प्रमाणपत्र पेस गरेकी थिइन् ।
बोर्ड अफ सेकेन्डरी एजुकेसन, दिल्लीबाट १० कक्षा अध्ययन गरेको भनी उनले पेस गरेको प्रमाणपत्र नक्कली देखिएको विशेषले फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सोडारीलाई दोषी ठहर गरेको छ ।
उनलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय पनि अदालतले सुनाएको छ । अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद सजाय र जरिवाना मागदाबी लिई २०७९ असोज ७ गते विशेष अदालत काठमाडौंमा अख्तियारले मुद्दा दायर भएको थियो ।




