वीरगञ्ज । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पहिरोले बगाएको वीरगञ्जबाट काठमाडौंका लागि छुटेको बसमा सवार यात्रुहरू चालक दलका सदस्यहरूको नामावली प्राप्त भएको छ ।
एञ्जल डिलक्सको बा प्र ०३००६ ख १५१६ नम्बरको बस वीरगञ्जको प्रतिमा चोकबाट छुटेको र बसले दिएको यात्रुको विवरणमा गाडी साहु, चालक, सहचालक बाहेक २१ यात्रु रहेको बताइएको छ । ७ जना भारतीय पनि रहेका छन् ।
बस पर्साको रंगपुरबाट काठमाडौं चल्ने गरेको बताइएको छ । बसमा मुसर्वाबाट ७ जना भारतीय चढेको पनि उल्लेख गरिएको छ । गाडीमा सवारहरूको नामावली यस प्रकार छ ।





