रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिका ५ बडहर्वामा आगलागी भएको छ । हरीन्द्र साह सोनारको घरमा विद्युत सर्ट भई शनिबार राति आगलागी भएको हो । आगो फैलिएर उनकै छोरा कैलाश साहको घर, सोही ठाउँ बस्ने ओम प्रकाश साहको घरमा समेत आगलागी भएको छ ।
आगलागी हुँदा तीनै जनाको गरि करिव ७ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






