काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्रीसहित २१ मन्त्रीले शपथ लिएका छन् । प्रधानमन्त्री ओलीको शपथलगत्तै उपप्रधान तथा मन्त्रीहरूले शपथ लिएका हुन् ।
यस पटक मन्त्रिपरिषद्मा केहि नयाँ अनुहार पनि समेटिएका छन् । यस पटक पर्साबाट ३ जना मन्त्री बनेका छन् । पर्साबाट जसपा नेपालका सांसद प्रदीप यादव, कांग्रेस सांसद अजयकुमार चौरसिया र एमाले सांसद राजकुमार गुप्ता मन्त्री बनेका छन् ।
यादव यसअघि पुष्पकमल दाहाल सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए । चौरसिया २०५८ सालमा स्थाानीय विकास सहायकमन्त्री बनेका थिए । गुप्ता भने पहिलो पटक मन्त्री बनेका हुन् । यादवले यस पटक खानेपानी मन्त्रीको जिम्मा पाएका छन् ।
त्यस्तै चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् । यादव पर्सा १, चौरसिया पर्सा २ र गुप्ता पर्सा ३ बाट निर्वाचित सांसद हुन् ।




