पर्सा । वीरगंजमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । वीरगंज महानगरपालिका २८ ड्राईपोर्ट सिर्सिया बस्ने ५२ वर्षीय रामबाबु चौधरी मलाहको करेन्ट लागेर सोमबार राति मृत्यु भएको हो ।
सोही महानगरपालिका १२ ब्रम्ह चोकस्थित विद्युतको पोलमा लाईन बनाउने क्रममा करेन्ट लागरे गम्भीर घाइते भएका उनको बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




