सिरहा । सिरहाको गोलबजारमा खेतमा जमेको पानीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । गोलबजार नगरपालिका वडा नम्बर ८ सिडियोटोल नजिकै रहेको खेतमा जमेको पानीमा सोही गाउँका ६० वर्षीय मनोज थापाको शव फेला परेको हो ।
बुधबार रातिदेखि हराएको थापाको शव आज उनकै घरदेखि करिव सय मिटरको दुरिमा खेतमा जमेको पानीमा फेला परेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।




